साधना लघुवित्तले शेयर संरचना परिमार्जन गरेर ७ करोड बढीको आईपीओ जारी गर्ने

0
Shares

केहि समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेको साधना लघुवित्तले शेयर संरचना परिमार्जन गरी ७ करोड ७ लाख ८० हजार बराबरको आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले शेयर संरचना परिमार्जन, आईपीओ निष्काशन तथा थप मर्जर तथा प्राप्तिमा जाने लगायतका एजेण्डा राखेर पुष १२ गते शनिबार तेस्रो साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले हाल कायम रहेको संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७० : ३० लाई परिमार्जन गरी संस्थापको ६७.५० प्रतिशत तथा सर्वसाधारणको ३२.५० प्रतिशत शेयर हिस्सा कायम गर्ने भएको छ । त्यसपश्चात कम्पनीले जारी पूँजीको ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७० लाख ७८ हजार साधारण शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

चुक्ता पूँजी बढाउन सर्वसाधारणलाई शेयर जारी गरेपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने योजना कम्पनीको छ । सर्वसाधारणमा शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । हकप्रद पछि पूँजी ३२ करोड नाघ्नेछ।

साथै लघुवित्तले अन्य कुनै लघुवित्त संस्थासँग गाभ्ने तथा गाभिँने, प्राप्ति गर्ने अख्तियारी समेत संचालक समितलाई प्रदान गर्ने जनाएको छ ।