अठार संस्था गाभेर ग्लोबल आइएमई बन्यो ‘बिग बैंक’ , २४ अर्ब प्राथमिक पूँजी

0
Shares

जनता बैंकलाई गाँभेको बनेको ग्लोबल आइएमई बैंकको प्राथमिक पूँजी २४ अर्ब पुगेको छ । दुई वाणिज्य बैंक गाभिएर बनेको बैंक सबैभन्दा बलियो बैंक बनेको छ।

जनता बैंक र ग्लोबल आइएमई बैंकले आजदेखि एकीकृत कारोबार थालेका हुन । दुई बैंक एक आपसमा गाभिई बनेको ग्लोबल आइएमई बैंकको नामबाट कारोबार सुरु भएको हो । 

ग्लोबल आइएमई बैंक र जनता बैंकको गाभिएपछि बन्ने ग्लोबल आइएमई बैंकका प्राथमिक पूँजी २४ अर्ब पुगेको छ। जसको चुक्ता पूँजी १९ अर्ब पुगेको छ ।  ग्लोबल आइएमई बैंक तीन वटा वाणिज्य बैंक, दश वटा विकास बैंक तथा ५ वटा फाइनान्स कम्पनी मर्जर तथा प्राप्ति भएर देशकै ठूलो बैंक बनेको हो । हालसम्म यो बैंकमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएका छन् ।

मर्जरपछि ग्लोबल आइएमइ बैंकको कूल निक्षेपको अकार २ खर्ब १३ अर्ब, कर्जा लगानी एक खर्ब ९४ अर्ब पुगेको छ । यस्तै शाखा कार्यालय करिब ३०० पुग्नेछन् । बैंकका एटिएम २ सय ५९ र २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ। यसैगरि बैंकका कर्मचारी ३ हजार २ सय भन्दा बढी हुनेछन् भने ग्राहकहरु २० लाख नाघ्नेछन् ।

मर्जरपछि बन्ने एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन्। बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन्।