चेम्बर अध्यक्षको प्रश्न, बैंक मर्जरले ब्याजदर घट्छ कि के हुन्छ ? के के हुन्छ? प्रष्ट पार्नुपर्यो

0
Shares

उद्योगी तथा व्यवसायीहरुले बैंक मर्जरको लक्ष्य के हो भन्नेमा आफुहरु स्पष्ट हुन नसकेको बताएका छन् ।

जनता बैंक र ग्लोबल आइएमई बैंक मर्ज भई बनेको ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार शुभारम्म कार्यक्रममा उनीहरुले मर्जरको रिजल्टमा प्रष्ट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मर्जरले के हुन्छ प्रष्ट पार्न आग्रह गरे । उनले भने, मर्जरले लागत घट्छ ? ब्याजदर घट्छ ? कि के हुन्छ ? यस बारेमा प्रष्ट पार्नुपर्यो, मर्जरको लक्ष्य के हो भन्नेमा नै हामी प्रष्ट हुन सकिरहेका छैनै की भन्ने लाग्छ । के के हुने हो यस बिषयमा सबैलाई जानकारी हुनुपर्यो ।

साथै उनले पछिल्ले समयमा बैकिङ ह्याकिङ र चोरीका गतिविधि बढेको औल्याउदै बैंक तथा वित्तीय संस्थाहरुले साइबर सेक्युरीटीमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले बैंक तथा वित्तीय संस्थाहरुको प्रविधिलाई चुस्त बनाउनुपर्नेतर्फ ध्यानकर्षण गराए ।