प्रविधि र कर्मचारीमा लगानी बढाउन बैंकहरुलाई निर्देशन दिदै गभर्नर नेपालले सोधे, चेक नचिन्ने कस्ता कर्मचारी ?

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले अहिले बैंक तथा वित्तीय संसथाहरुको प्रमुख चुनौति साइबर सुरक्षा रहेको बताउँदै यसमा लगानी बढाउन बैंकहरुलाई निर्देशन दिएका छन् ।

जनता र ग्लोबल आइएमई बैंक गाभेर बनेको ग्लोबल आइएमई बैंकको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बोल्दै नेपालले साइबर सुरक्षामा नेपाल कमजोर रहेको उल्लेख गर्दै यसलाई चुस्त बनाउन लगानी विस्तार गर्नुपर्ने आवश्यकता औल्याए ।

साथै उनले बैंकहरुले कर्मचारी छनौटमा लापरवाही गरेको बताउँदै कर्मचारी व्यवस्थापनमा राष्ट्र बैंकले हेर्नुपर्ने अवस्था आएको बताए । बैंक तथा वित्तिय संस्थाहरुले कर्मचारीको कार्य क्षमता अभिवृद्धिमा हेलचेक्र्याई गरेको उनको भनाई थियो ।

उनले बैंकमा भएका कर्मचारीले चेक कसलाई दिने हो भन्ने समेत नचिन्ने अवस्था रहनु लाजमर्दो भएको बताए । यसलाई केन्द्रिय बैंकले गम्भिर रुपमा हेरेको छ ।’ कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिनुहोस् । गभर्नर नेपालले निर्देशन दिए ।

राष्ट्र बैंकले कुनै पनि नीति अध्ययन गरेर मात्र ल्याउने हुँदा मर्जरको कुरा पनि अध्ययन गरेरै ल्याएको बताउदै यसले बैंकर तथा व्यवसायीलाई उत्साहित बनाएको र अझै उत्साहित हुन आग्रह गरे ।

गभर्नर नेपालले बैंकहरुले व्यवस्थापकीय क्षमता र सुशासन बढाउनुपर्नेमा जोड दिए, बैंक संचालकहरुले बैंकहरुलाई यति नै नाफा चाहियो भनेर दाबब दिने काम तत्काल बन्द गर्न पनि उनले निर्देशन दिए ।

आर्थिक वृद्धिको ग्रोथको सर्पोटमा राष्ट्र बैंकले रिफाइनान्सको सुविधा दिएको उल्लेख गर्दै उनले रिफाइनान्समा राष्ट्र बैंकले तीन प्रतिशतमा ऋण दिएको बताए । राष्ट्र बैंकले सबै रिफाइनान्स गर्ने हो भने वाणिज्य बैंकहरु किन चाहियो, गभर्नर नेपालले भने । निर्यातलाई एक प्रतिशतमा ब्याज दिएको र सहुलियतपूर्ण कर्जाको व्यवस्थाले बैंकहरुलाई सहयोग नै गरिरहेको बताए । उनले बैंकरहरुलाई पारदर्शी बन्न र पारदर्शी रुपमा पैसा कमाउन पनि आग्रह गरे ।