सिभिल बैंकको प्रस्तावित लाभांश पाउन आजै शेयरधनी कायम हुनुपर्ने

0
Shares

सिभिल बैंकले गत आर्थिक बर्षको मुनाफबाट वितरण गर्न प्रस्ताव गरको लाभांश मंसिर २२ गते आइतबार अर्थात आजसम्म कायम शेयरधनीले पाउनेछन् ।

बैंकले लाभांश पारित गर्न पुस ६ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गतेबाट बुक क्लोज गर्दैछ । यसैले मंसिर २२ गतेसम्म मात्र कायम शेयरधनीले मात्र बैंकको लाभांश पाउनेछन् ।

गत वर्षको नाफाबाट ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै साधारण सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी दिनेछ।