लक्ष्मी र मुक्तीनाथ बैंकको लाभांश सुरक्षित गर्ने पनि आजै अन्तिम दिन

0
Shares

लक्ष्मी बैंक र मुक्तीनाथ विकास बैंकको पनि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएका छन्।

लक्ष्मी बैंकले पुस ६ गते बैंकको १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। उक्त सधारण सभाले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशत नगद लाभांश गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ।

मुक्तिनाथ विकास बैंकले पनि साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २३ गते सोमबारदेखि बुक क्लोज गर्ने भएको छ। बैंकले मंसिर ३० गते साधारण सभा गर्दैछ ।

साधारण सभामा बैंकले हालै निष्काशन गरेको २० प्रतिशत हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ पुग्नेछ ।