लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सोमबार लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन भएको छ। यी दुबै बैंकले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनश पछिको शेयर मूल्ल्य समायोजन भएको हो।

नेप्सेले लक्ष्मी बैंकको १० प्रतिशत बोनसपछिको शेयर मूल्य प्रतिकित्ता १९८.१८ रुपैयाँ कायम गरेको छ। त्यस्तै मुक्तिनाथ विकास बैंकको १७.६० प्रतिशत बोनसपछिको शेयर मूल्य प्रतिकित्ता २६५.३२ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यअनुसार दुवै बैंकको शेयर कारोबार खुल्नेछ ।

दुवै बैंकले लाभांश तथा साधारण प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गराएका छन् । जस अनुसार मंसिर २२ गतेसम्म कायम बैंकका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।

लक्ष्मी बैंकले चुक्ता पूँजी ८ अर्ब ९२ करोड ५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ८९ करोड २० लाख ५० हजार रुपैयाँ बराबरको ८९ लाख २० हजार कित्ता बोनस शेयर र ५ प्रतिशतले हुन आउने ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश बैंकको आगामी पुस ६ गते हुने १९ औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ । हाल ८ अर्ब ९२ करोड ५लाख ९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लक्ष्मी बैंकको बोनस वितरण पश्चात पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ।

यस्तै मुक्तिनाथले चुक्तापुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँको १७.६० प्रतिशतले हुन आउने ६४ करोड ७२ लाख ७७ हजार ३३८ रुपैयाँबराबरको बोनस सेयर र ०.९३ प्रतिशतले हुन आउने ३ करोड ४० लाख ६७ हजार २२८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश प्रयोजनका लागि) प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश बैंकको यही मंसिर ३० गते हुने तेह्रौँ वार्षिक साधारणसभाबाट पारित हुनेछ ।

हाल ३ अर्ब ६७ करोड ७७ लाख चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।