नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरको लिलामी खुल्यो

0
Shares

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरशेन लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ४९५ रुपैयाँ तोकिएको छ । आवेदकले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलपत्र पेस गर्न सक्नेछन् । आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

लिलामीमा राखिएको शेयर खरिदका लागि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । कोषको शेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

बोलपत्र पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नेपाल एबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।