कामना सेवाले मर्जर तथा एक्विजीशनको एजेण्डा सहित लाभांश पारित गर्ने

0
Shares

कामना सेवा विकास बैंकले मर्जर तथा एक्विजीशनमा जाने एजेण्डा सहित गत आर्थिक बर्षको लाभांश पारित गर्न पुस १७ गते १३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाडौंमा हुनेछ। उक्त साधारण सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेकोे ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५४ करोड ९ लाख ९५ हजार छ । जस अनुसार बैंकले कर सहित १ करोड २७ लाख ३३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

यसका साथै बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजीशनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

बैंकले मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म शेयर दाखिल खारेज बन्द गर्ने जनाएको छ । जस अनुसार साधारणसभामा भाग लिन र लाभांश पाउन मंसिर २९ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।