जनता बैंकलाई गाभेर ‘बिग’ बनेको ग्लोबल आइएमई बैंकले अस्ट्रेलियामा शाखा खोल्ने

0
Shares

नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाली बैंकहरुलले विदेशमा शाखा खोल्ने योजनामा रहेको खुलासा गरेका छन् ।

सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानी कर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताउदै शाखा खोल्ने तयारी सुरु भएको बताए । उनले हाल अस्ट्रेलिया लगायत भारत, बेलायत ,मलेसिया र जापानमा सम्पर्क कार्यालय स्थापना गरिसकेको जानकारी दिए ।

उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलाबिध्युत आयोजना छिट्टै संचालनमा आउने जानकारी दिदै नेपालमा लगानीको बाताबरण निकै राम्रो बन्दै गएको बताए ।

नेपालमा प्रदेश-प्रदेशहरु र स्थानिय सरकारहरुबीच बिकासमा प्रतिस्पर्दा पनि सुरु भएकाले लगानी का सम्भावनाहरु झन् बढेर गएको छ । उनले भने । आफ्नो समुह ले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो।

अन्तरक्रियामा गैर आवाशीय नेपाली संघको अन्तरास्ट्रिय समितिका उपाध्यक्ष मन के सी ले आफ्नो सस्था दश अर्ब बराबरको गैर आवाशीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माण संगै नेपालमा गैर आवाशीय नेपाली हरुको ठुलो तथा सयुक्त लगानी सुरु हुने बताए ।

कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गैर आवाशीय नेपालीहरुमा लगानीको आत्माबिस्वास अझै पैदा नभएको बताए । नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाबाट पुजी लगानी गर्न पाइने बाताबरण बनेमा गैर आवाशीय नेपाली लगाएत बैदेशिक पुजी नेपालमा भित्रन सक्ने उनले बताए ।

कार्यक्रममा गैर आवाशीय नेपाली संघअस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवाशीय नेपालीहरुले ठुलो मात्रामा संयुक्त पुजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई बिस्वास भएको भन्दै आफुहरुले पुजी संकलनमै जोड दिनु पर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील दुइ दर्जन ब्यबशायि तथा गैर आवाशीय नेपाली अगुवा हरु उपस्थित थिए ।