सोल्टी होटलको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

सोल्टी होटलले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। होटलले साधारण सभा प्रयोजनार्थ भोलिदेखि बुक क्लोज गर्दैछन् ।

सोल्टी होटलले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई हाल कायम चुक्ता पूँजीको २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।होटलले १५ प्रतिशत बोनस शेयर र ११.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश पारित गर्न होटलले आगामी पुस २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारण सभा बोलाएको छ र मंसिर २५ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द हुनेछ । जस अनुसार होटलको प्रस्तावित लाभांश पाउन आजै शेयरधनी कायम हुनुपर्नेछ ।

हाल होटलको चुक्ता पूँजी ७३ करोड २६ लाख ७५ हजार रहेको छ। १५ प्रतिशत बोनस शेयर वितरण पश्चात होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७६ हजार पुग्नेछ।