नयाँ नेपाल लघुवित्तले तोक्यो साधारण सभा र बुक क्लोजको मिति, शेयरधनीलाई २० प्रतिशत बोनस

0
Shares

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २१.०५२६ प्रतिशत लाभांश पारित गर्न आगामी पुस १९ गते बार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ३ गतेदेखि शेयर धनी दाखिला बन्द गर्ने जनाएको छ । लघुवित्तले २० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा पनि लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।