एनएमबि बैंकको साधारण सभा र बुक क्लोज तय, ३५ प्रतिशत लाभांश दिने

0
Shares

एनएमबि बैंकले गत आर्थिक बर्षको लाभांश लगायतका एजेण्डा पारित गर्न आगामी पुस २४ गते २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न ३९६ औं बैठकले पुस २४ गते साधारण सभा बोलाउने निर्णय गरेको हो ।

उक्त साधारण सभाले बैंक संचालक समिलिे प्रस्ताव गरेको २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश पारित गर्नेछ ।

ओम डेभलमेन्ट बैंकलाई असोज ११ गतेदेखि प्राप्ती गरि एकीकृत कारोबार थालेको एनएमबि बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ रहेको छ। २१ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाखरुपैयाँ पुग्नेछ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बैंकले पुस ४ गतेदेखि साधारण सभासम्म बुकक्लोज गर्ने भएकाले पुस ३ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।