अपी पावरको दोश्रो आयोजना माथिल्लो नौगडगाड सम्पन्न, तेस्रो आयोजना सुरु गर्दै

0
Shares

अपी पावर कम्पनीले निमार्ण गरेको माथिल्लो नौगड गाड आयोजनाको (८ मे.वा.) सम्पन्न भई गत कार्तिक १३ गते देखि राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको भएकोे छ । यो अपी पावर कम्पनील दार्चुलामा सम्पन्न गरेको दोस्रो आयोजना हो ।

यो आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट प्रतिघण्टा उर्जा उत्पादन गर्ने र विद्युत विक्रीबाट कम्पनीले पहिलो वर्ष २७ करोड ४८ लाख आय आर्जन गर्ने जनाएको छ । यो आयमा बार्षिक ३ प्रतिशतका दरले वृद्धि हुने कम्पनीको भनाई छ।

अत्तरिया बलाच १३२ केभि ट्रान्समिशनलाईनमा जडान भई विद्युत प्रवाह भएको हुँदा यो आयोजनाको विद्युत सहज ढंगले प्रवाह गर्न सकिएको कम्पनीले जनाएको छ। कम्पनीले बैंकको ऋण तथा संचालन खर्च कटाई बचेको रकमबाट शेयरधनीहरुलाई लाभांश उपलव्ध हुनेछ र यो लाभांशको दरमा प्रतिवर्ष वृद्धि हुँदै जाने बताएको छ ।

यो आयोजना निर्माणको लागी नेपाल एस.बि.आई. बैंकको अगुवाइमा प्रभु बैंक लिमिटेड, कैलाश विकास बैंक तथा युनाईटेड फाईनान्स कम्पनीले सहवित्तियकरण अन्र्तगत एक अर्ब २० करोड कर्जा उपलब्ध भएको छ । यो आयोजनाको कुल लागत एक अर्ब रहेको छ ।

यस अघि २०७२ साल भदौमा कम्पनीले नौगड गाड आयोजना ८.५ मे.वा. साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । यो आयोजना विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आएको छ । कम्पनीले आफना शेयरधनीहरुलाई नियमितरुपमा लाभांश वितरण गरिरहेको छ ।

अब कम्पनीले सोही क्षेत्रमा नयाँ आयाजनाको रुपमा ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्ने भएको छ । यसका लागी चािहने सबै स्विकृतिहरु प्राप्त भएको जनाएको छ ।