सिमेन्टको गुणस्तरका सम्बन्धमा सरकारको निर्णय सच्याउन विज्ञको सुझाव

0
Shares

नेपाल सरकारले ओपिसी सिमेन्टको गुणस्तरका सम्बन्धमा लिएको पछिल्लो निर्णयबाट पूर्वाधार निर्माणमा गुणस्तर कायम हुन नसक्ने हुँदा त्यसलाई सच्याउन विज्ञहरुले सुझाव दिएका छन् ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा आमन्त्रित विज्ञहरुले ओपिसी सिमेन्टका सम्बन्धमा कायम गर्न खोजिएको मापदण्ड ठीक नभएकाले त्यसलाई लागू नगर्न राय दिए ।

समितिले त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्रका सहप्राध्यापक नुतनप्रसाद भट्टराई र प्राडा गोकर्ण मोत्रासँग ओपिसी सिमेन्टमा सरकारले कायम गर्न खोजेको मापदण्ड र त्यसबाट पूर्वाधार निर्माणमा पुग्न सक्ने असरबारे परामर्श माग गरेको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए।

उनीहरुले कामय गर्न खोजिएको मापदण्डका आधारमा सिमेन्ट प्रयोग गरी पूर्वाधार निर्माण गर्दा टिकाउ नहुने, चर्कने र फुट्ने समस्या देखिने जानकारी गराए । उद्योगमन्त्री अध्यक्ष तथा मन्त्रालयका सचिव उपाध्यक्ष रहेको नेपाल गुणस्तर परिषद्ले ओपिसी सिमेन्टको गुणस्तर कायमसम्बन्धी निर्णय गरेको हो ।