आरएमडीसी लघुवित्तले २५ प्रतिशत लाभांश पारित गर्न पुस २३ गते बोलायो साधारण सभा

0
Shares

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न प्रस्तावित २५ प्रतिशत लाभांश पारित गर्न पुस २३ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले गत बर्षको मुनाफाबाट १२.५ प्रतिशत बोनस शेयर र त्यतीनै नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा पुस २३ गते अमृतभोग कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे सुरु हुनेछ ।

हाल लघुवित्तको चुक्तापुँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँ छ । जस अनुसार लघुवित्तले ९ करोड ९९ लाख २४ हजार ८२५ रुपैयाँ बराबरको बोनस सेयर र कर सहित त्यतीनै नगद लाभांश वितरण गर्ने भएको हो। बोनस पश्चात पूँजी ८९ करोड ९३ लाख रुपैयाँ पूग्नेछ।

अघिल्लो आर्थिक वर्ष लुघुवित्तले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस ११ गतेदेखि साधारण सभाको दिनसम्म शेयर दाखिला खारेज दर्ता बन्द गर्ने भएको छ । जस अनुसार कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन पुस १० गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ।