नेपाल सेवा लघुवित्तले घोषणा गर्यो साढे दुई प्रतिशत बोनस

0
Shares

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर २६ गते अपरान्ह बसको बैठकले २.६२५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

संस्थाले २.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.१२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृती पश्चात लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

हाल लघुवित्तको ६ करोड रुपैयाँ चुक्ता पूँजी छ । गत बर्ष लघुवित्तले पाँच प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।