आरविवि मर्चेन्ट बैंकिङ्गले कार्यक्षेत्र विस्तार गर्ने, चौथो वार्षिक साधारण सभा सम्पन्न

0
Shares

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे चौथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

संचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्ताबहरु पारित गरेको छ ।

साधारण सभामा अध्यक्ष किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई मर्चेन्ट बैंकिङ्गको रुपमा विकास गर्ने दीर्घकालिन सोच अनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउने बताए ।

मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूंजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिई रहेको जानकारी दिए ।