एनएमबि लघुवित्त र लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद भर्ने अन्तिम दिन

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्थाले बिक्री खुला गरेकोे १५० प्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्ने पनि आजै अन्तिम दिन परेको छ ।

एनएमबि लघुवित्त

एनएमबि लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजी १६ करोड २० लाख रुपैयाँको १५० प्रतिशत अर्थात २४ करोड ३० लाख रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ कित्ता हकप्रद निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जस अनुसार कार्तिक ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हकप्रद शेयरका लागि मंसिर २९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

एनएमबि लघुवित्तका शेयरधनीले सनराइज क्यापिटल , सनराइज बैंकका शाखाहरु तथा सी आश्वा सदस्य बैंक त्तहा वित्तीय सस्था बाट समेत हकप्रदमा आवेदन दिन सक्ने छन् ।

उक्त हकप्रद बिक्री तथा वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ४० करोड ५० लाख पुग्नेछ। लघुवित्तको हकप्रदले ईक्रा नेपालबाट आइपीओ ग्रेड ४ रेटिङ्ग पाएको छ। यसले लघुवित्तको वित्तीय अवस्था औषत भन्दा कमजोर भएको जनाउँछ।

लुम्बिनी जनरल इन्स्योरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्सले कात्तिक २४ गते आइतबारदेखि हाल कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद बिक्री खुला गरेकोे हो।

इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यमा चुक्ता पूँजीको २० प्रतिशतले १७ लाख ६० हजार कित्ता हकप्रद बिक्रीमा लयाएको हो।
हकप्रद शेयरका लागि असोज २७ गते बुकक्लोज भैसकेको छ । असोज २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन गर्न पाउने छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल छ । इन्स्योरेन्सको हकप्रदमा मंसिर २९ गतेसम्म आवेदन गर्न सकिनेछ।

डिल्लीबजारस्थित बाटुले घरमा रहेको सिबिआईएल क्यापिटलको कार्यालय, सिटिजन्स बैंकका देशभरीका सबै शाखाका साथै आस्वा सदस्य बैंक र केन्द्रीय निक्षेप प्रणालीको मेरो शेयरबाट पनि आवेदन गर्न सकिन्छ ।

८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको २० प्रतिशत बराबरको १७ करोड ६० लाखको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

इक्रा नेपालले लुम्बिनी जनरलको हकप्रद शेयरलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ्ग दिएको छ ।