कामना सेवा विकास बैंक र निर्धन उत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

कामना सेवा विकास बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले घोषाण गरेको गत आर्थिक बर्षको लाभांश सुरक्षित गर्ने मंसिर २९ गते आइतबार (आज) अन्तिम दिन हो।

दुबै कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनको लागि मंसिर ३० गते सोमबार बुकक्लोज गर्दैछन् ।

कामना सेवाले हाल कायम चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश पारित गर्न पुस १७ गते १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभाले लाभांशका साथै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्वीजीशनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

यसैगरी निर्धन उत्थानले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा कर सहित १५.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुस १३ गते एक्काइसौँ वार्षिक साधारण सभा राखेको छ ।