एसबीआई बैंकको लाभांश पारित, उपयुक्त बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने

0
Shares

नेपाल एसबीआई बैंकको आइतवार सम्पन्न २६औं वार्षिक साधारणसभाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गरेको छ ।

बैंकको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्ने आव २०७५/७६ साधारण सभाले हाल कायम चुक्ता पूँजीको १६.८४ प्रतिशत लाभांश पारित गरेको हो ।

बैंकले ६ प्रतिशत बोनश शेयर र कर सहित १०.८४ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको बोनश तथा ९१ करोड ५८ लाख ९८ हजार ७०० रुपैयाँ बराबरको नगद वितरण गर्नेछ ।

साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लि को आव २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । त्यसैगरी उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति गर्ने गराउने सम्बन्धमा सम्पुर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि बुकक्लोज गरेको थियो । जस अनुसार मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुले बैंकको लाभांश पाउनेछन्।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ छ । बोनश वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख पुग्नेछ ।