सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँड, राष्ट बैंकको निर्देशन पूरा

0
Shares

सनराइज बैंकले जारी गरेको सात वर्ष अवधिको ३ अर्ब बराबरको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले निष्काशन गरेको ऋणपत्र बिक्री भएपछि राष्ट बैंकको निर्देशन अनुसार प्राथमिक पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने निर्देशन पूरा भएको जनाएको छ ।

बैंकले गत कार्तिक २० गते निष्कासन गरेको उक्त ऋणपत्रमा छिटोमा कार्तिक २४ गते र ढिलोमा मंसिर १९ गते सम्म आवेदन गर्ने समय तोकिएको थियो । १०.२५% व्याज प्रदान गरिने उक्त ऋणपत्र पूर्ण बिक्री भएको बैंकले जनाएको छ ।

बैंकले निष्काशन गरेको ऋणपत्र मध्ये सर्वसाधारण निष्कासनको तर्फबाट ४५ करोड ३८ लाख २९ हजार बराबरको ४५ लाख ३ हजार ८२९ कित्ता र परिपत्र विधिको तर्पबाट २ अर्ब ५४ करोड ६१ लाख ७१ हजार बराबरको २५ लाख ४६ हजार १७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ । ऋणपत्रको बाडफाँड मंसिर २७ गते शुक्रबार गरिएको हो ।

अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैंया बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री गरेकोे थियो । यससंगै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, बैंकहरुले आफ्नो प्राथमिक पूँजींको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था सनराइज बैंकले पूरा गरेको जनाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४७ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।