२० करोड बैदेशिक रोजगार बचतपत्र निष्कासन हुदै, ब्याजदर १० प्रतिशत

२० करोड बैदेशिक रोजगार बचतपत्र निष्कासन हुदै, ब्याजदर १० प्रतिशत

नेपाल सरकारले अन्तरीक ऋण उठाउनका लागि नेपाल राष्ट्र बैंकको मध्यस्तकर्तामा २० करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ । सो बचतपत्रको बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गरीने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सो बचपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्यको नामवाट लगानी गर्न सक्छन ।

बैंक वित्तीय संस्थामा निक्षेप राख्दा ब्याजदर घटवढ हुन सक्छ । तर, यो बचपत्रमा लगानी गर्नेले आगामी ५ वर्षसम्म १० प्रतिशतका दरले नै प्रतिफल पाइराख्नेछन । ‘बैदेशिक रोजगार बचत पत्र २०८१’ नाम गरेको बचपत्रको अवधि ५ वर्षको रहेको छ । सरकारले ५ वर्षपछि लगानीकर्तालाई सावाँ फिर्ता गर्नेछ । सो बचपत्रको १० प्रतिशत व्याज अर्धबार्षिक रुपमा भुक्तानी दिनेछ । सो व्याजमा नियमानुसारको कर लाग्ने केन्द्रीय बैंकले जनाएको छ ।

पुस १ देखि बिक्री खुल्ला हुने सो बचतपत्रमा २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो बचतपत्र पुस २७ गते बाँडफाँड हुनेछ । बचतपत्र न्यूनतम पाँच हजार र अधिकतम ५ हजारले भाग जाने निषेश भाग जाने गरी आह्वान गरीएको रकम बरावरसम्म खरिद गर्न सकिने छ । यो बचतपत्र धितो राखी कर्जा लिन पनि सकिने छ ।

प्रकाशित मिति: २९ मंसिर २०७६, आइतबार २० : ३८ बजे