नेपाल ल्यूब आयलले ३० प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

नेपाल ल्यूब आयलले गत आर्थिक वर्षको मुनाफबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २३ गते २८ औँ वार्षिक साधारण सभा आह्वान समेत गरेको छ।

साधारण सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

उक्त साधारण सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १० गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ। जस अनुसार पुस ९ गतेसम्म कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।