निर्धन उत्थान लघुवित्तको शेयर मूल्य समायोजन

0
Shares

निर्धन उत्थान लघुवित्तको सोमबार नेप्सेमा शेयरमूल्य समायोजन भएको छ ।

गत आर्थिक बर्षको प्रस्तावित २५ प्रतिशत बोनस समायोजनपछि कम्पनीको शेयर मूल्य ७७८.४० रुपैयाँ तोकिएको छ ।

कम्पनीले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र १५.५३ प्रतिशत नगद लाभांश गरी कुल ४०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस १३ गते आइतबार नक्साल स्थित सेलिब्रेसन ब्यांक्वेटमा साधारण सभा आह्वान गरेको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ३० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकाले मङ्सिर २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड छ । बोनस वितरण पश्चत एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।