एनआईसी एशिया बैंकले काठमाडौंमा एकै साथ संचालनमा ल्यायो ६ नयाँ शाखा

0
Shares

ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले एकै साथ काठमाडौंमा ६ नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं. १६ बोहोराटार, वडा नं. १४, कलंकीस्थित खसीबजार, वडा नं. १६, माछापोखरीस्थित माछापोखरी, वडा नं. ३२, नरेफाँटस्थित नरेफाँट, वडा नं. २८, पुतलीसडकस्थित पुतलीसडक र वडा नं. ३ स्वयम्भूस्थित स्वयम्भू शाखा संचालनमा ल्याएको हो ।

उक्त विभिन्न शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

यो सँगै अब बैंकका मुलुकभर ३११ शाखा कार्यालयहरु पुगेका छन् । बैंकले ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।