गुडविल फाइनान्सले अघिल्लो बर्षको तुलनामा दोब्बर लाभांश दिने

0
Shares

गुडविल फाइनान्सले गत बर्षको मुनाफाबाट अघिल्लो आर्थिक बर्षको भन्दा दोब्बर बढी लाभांश घोषणा गरेको छ । फाइनान्सले १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको बुधबार दिउँसो बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट कर सहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले ८ करोड रुपैयाँ बराबरको नगद बाड्नेछ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

गत वर्ष गुडविलले ५.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।