राजश्व छल्ने पेप्सी उत्पादक बरुण बेभरेजलाई एक अर्ब ९४ करोड जरिवाना !

0
Shares

पेप्सी ब्राण्डको हल्का पेय पदार्थ उत्पादन गर्ने बरुण बेभरेजले झण्डै ६५ करोड रुपैयाँ कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।

बहुराष्ट्रिय उत्पादन पेप्सीलाई नेपालमा बोटलिङ गदैै आएको वरुण बेभरेजले नक्कली भ्याटबिल जारी गरी ६४ करोड ९६ लाख २ हजार ३४० रुपैंयाँ कर छली गरेको आयोगको भनाई छ । नक्कली भ्याट विल बनाएर राजस्व छलि गरेको शंकामा विभागले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो ।

आयोगले नक्कली भ्याट बिल प्रयोग गर्ने यस कम्पनीका पूर्व तथा वर्तमान संचालकहरु अमित गुप्ता समेत गरी ७ जना विरुद्ध ६४ करोड ९६ लाख २ हजार ३४० रुपैंयाँ बिगो तथा बिगोको दोब्बर समेत गरी एक अर्ब ९४ करोड ८८ लाख ७ हजार २० रुपैयाँ जरिवाना र तीन बर्ष कैद सजायको माग दाबी गर्दै काडमाडौं जिल्ला अदालमा मुद्या दायर गरेको विभागका सूचना अधिकारी राजिव पोखरेलले जानकारी दिए ।

विभागले गरेको अनुसन्धानबाट यो कम्पनीले आर्थिक बर्ष ०७०/०७१ देखि ०७५/०७६ सम्ममा २५ करोड ३४ लाख ६ हजार ९४० भ्याट र ३९ करोड ६१ लाख ९५ हजार ४ सय रुपैयाँ आयकर छलि गरेको छ ।

आयोगले वरुण वेभरेज (नेपाल) प्रा.लि. र यसका पूर्व तथा वर्तमान संचालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, बिनोद सिंह भनिने बिनोद कुमार सिंह र अशोक कुमारबाट असुल उपर गर्ने तथा प्रतिवादीहरुलाई ऐ. ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बरसम्म जरिवाना तथा ३ (तीन) वर्षसम्मको कैद सजायको माग दाबी लिई आज मुद्दा दायर गरेको हो।

वरुण बेभरेज (नेपाल) लिमिटेडले नेपालमा पेप्सी, ड्यु, मिरिन्डा, सेभेन अप, स्लाइस जस्ता पेय पदार्थ बिक्री वितरण गरिरहेको छ।