साना किसान लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न पुस २६ गते बार्षिक साधारण सभा बोलाएको छ ।

लघुवित्तको १८ औं बार्षिक साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ज्वालाखेल ललितपुरमा बिहान ११ बजे हुनेछ ।

लघुवित्त सञ्चालक समितिले २७.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४३४ प्रतिशत नगद गरि कूल २८.६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल ७८ करोड ६० लाख ३४ हजार ९१० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित बोनस शेयर अनुमोदन पश्चात एक अर्ब एक करोड २९ लाख ५४ हजार ४४३ रुपैयाँ पूँजी कायम हुनेछ।

लघुवित्तले साधारण सभा प्रयोजनका लागि पुस १४ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । जस अनुसार लघुवित्तको लाभांश पाउन पुस १३ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।