कृषि विकास बैंकको साधारणसभा पुस २७ गते, १० गतेसम्म कायम शेयरधनीले लाभांश पाउने

0
Shares

कृषि विकास बैंकले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गर्न पुस २७ गते साधारणसभा आह्वान गरेको छ । बैंकले १३ औ वार्षिक साधारणसभाको लागि पुस १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जस अनुसार पुष १० गतेसम्म कायम बैंकका शेयरधनीले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रस्तावित ६ प्रतिशत बोनस शेयर र कर सहित २४ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश पाउनेछन् ।

बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

यस्तै बैंकले नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयको लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । यसैगरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित पनि साधारण सभाबाट पारित गर्नेछ।

सरकारको अग्रधिकार शेयर समेत गरी हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । जसमा सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँको अग्राधिकार शेयर हो भने बाँकी ९ अर्ब १ करोड ५५ लाख २९ हजार रुपैंयाको साधारण शेयर छ । यो शेयरमा पनि सरकारको ५१ प्रतिशत स्वामित्व छ ।

६ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ। अग्राधिकार शेयर वापत भने सरकारले प्रत्येक आर्थिक वर्षमा स्थिर दरले ६ प्रतिशत नगद लाभांस लैजाने गरेको छ । बोनस वितरणपछि सरकारको अग्राधिकार शेयर समेतको चुक्ता पूँजीको आकार १५ अर्ब ३१ करोड ५१ लाख ३४ हजार रुपैंया पुग्नेछ ।