मेला महोत्सवको आयोजना उद्योग वाणिज्य महासंघले मात्र गर्न पाउनुपर्छ– उपाध्यक्ष ढकाल

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय स्तरको व्यावसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवको आयोजनाको काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुले मात्र गर्न पाउनुपर्ने बताएका छन्।

स्याङ्जामा शुक्रबार आयोजित ‘गण्डकी प्रदेशस्तरीय स्याङ्जा महोत्सव’ को प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै भने– स्थानीय उत्पादन, सीप र कलालाई प्रवद्र्धन गरी बजारसम्म पु¥याउने यो काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघ संस्थाहरुले नै गर्ने हो अरुले होइन ।

उनले अबदेखि यस्ता मेला महोत्सवहरुको आयोजना गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुलाई मात्र दिनुपर्ने प्रावधानका लागि सम्बन्धित सबै प्रदेश सरकारहरु र संघीय सरकारसमक्ष नेपाल उद्योग वाणिज्य महासंघ र आफ्नो व्यक्तिगत तर्फबाट पहल गर्ने बताए।

उपाध्यक्ष ढकालले भने– यस प्रयोजनका लागि म नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको हैसियतले संघीय सरकारसँग कुरा गर्नुपर्ने लगायतका आवश्यक सबै पहल गर्नेछु ।

सो कार्यक्रममा उनले यस्ता स्थानीय स्तरका मेला महोत्सवहरुका आयोजकहरुलाई स्थानीय उत्पादन, सीप, कलाको प्रदर्शन गरी उनीहरुलाई नै उत्प्रेरित गर्ने र आगामी दिनमा यही क्षेत्रमा उद्यमशिलताका ढोकाहरु खोलिदिने अवसरका रुपमा विकास गर्न पनि आग्रह गरे ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ कमजोर नभएको स्पष्ट पनि गरे । सम्मेलनका क्रममा बोल्ने स्थानीय व्यवसायीहरुले महासंघ कमजोर भएको र स्थानीय स्तरका साना व्यवसायीहरुको हकहितका कुरालाई केन्द्र सरकारसमक्ष ‘लबिङ’ गर्न नसकेको भनी गरेको गुनासोको सम्बोधन गर्दै महासंघ कमजोर नभएको र सबै व्यवसायीहरुको हक हितका पक्षमा काम गरिरहेको बताए ।

महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई आवश्यक र सक्दो सहयोग र समन्वय गरी आएको बताउँदै आगामी दिनमा उनीहरुको व्यावसायिक हक हितका लागि अझ बलियो भएर काम गर्ने बताए ।