नेपाल टेलिकमले ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने, साधारण सभा आह्वान

0
Shares

नेपाल टेलिकमले ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेर साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको १२ औं साधारण सभा पुस २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब टुंडिखेल, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि टेलिकमले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १४ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

साधारण सभाले लाभांश वितरणका साथै कम्पनीको मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको शेयर तथा ऋण पुँजीमा लगानी गर्ने प्रस्ताव पनि लग्दैछ ।

साथै, विद्युत र उर्जा उत्पादन, प्रशारण वा वितरण गर्न र इन्फ्रस्ट्रचर सेयरिङ गर्ने प्रयोजन समेतका लागि सेवामूलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋण समेत लगानी गर्नका लागि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव लादैछ ।