नेप्सेले लाभांश बापत २० करोड वितरण गर्ने, कसले कति पाँउछ?

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ४० प्रतिशत नगद लाभांश दिने भएको छ। नेप्सेले प्रस्तावित लाभांश अनुमोदन गर्न पुस २९ गते ३८ औं वार्षिक साधारणसभा बोलाएको छ।

नेप्सको चुक्ता पुँजी ५० करोड छ । जस अनुसार उसले ४० प्रतिशत अर्थात २० करोड बराबरको रकम लाभांश वितरण गर्नेछ ।

नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैकको १६.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, प्रभु र लक्ष्मी बैंकको पाँच–पाँच प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत र ब्रोकरसहित अन्यको ०.६२ प्रतिशत शेयर हिस्सा रहेको छ।

त्यस्तै नेप्सेको साधारणसभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ ।