नक्कली नोटको कारोबारमा संलग्न चार बंगलादेशी नागरिक पक्राउ

0
Shares

काठमाडौंमा नक्कली नोटको कारोबार गर्ने चार जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ परेका छ। पेप्सीकोलामा लुकिछिपी बसिरहेका उनीहरूलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरले एक हजारका १८ थान नेपाली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बंगलादेशको फरिदपुर घर भएका २६ वर्षीय सुमन खान, बंगलादेश नेत्रकुनाका ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय मोहम्मद उल्लाह रहेका छन्।

सुमन मध्यपुर ठिमीमा र अन्य लोकन्थली बस्दै आएका थिए । स्थानीय लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने उनीहरूमध्ये सुमनले सामान खरिद गर्दा पुस ३ गते दुई हजार नक्कली नोट दिएर फरार भएका रहेका थिए।

थिमीमा रहेको परिधि गिफ्ट सपबाट सामान किन्दा उनले नक्कली नोट दिएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

उजुरीपछि प्रहरीले बंगलादेशी नागरिकको खोजी जारी राखेको थियो । खोजीका क्रममा उनीहरूलाई पेप्सीकोलाबाट पक्राउ गरिएको परिसरले जनाएको छ।

उनको कोठामा तलासी लिँदा अन्य नोट पनि फेला परेको परिसरले जानकारी दिएको छ। शनिबार राति पक्राउ परेका बंगलादेशी नागरिकलाई मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भैरहेको छ।