चटारो साधारण सभाको: पुसमा ६ दर्जनको आह्वान, अन्तिम दिन मात्रै २४ कम्पनीले सम्पन्न गर्दैै

0
Shares

नेप्सेमा सूचीकृत २१५ कम्पनीहरुमध्ये पुस महिनामा मात्रै ६ दर्जन बढीले साधारण सभा सम्पन्न गर्ने भएका छन्। पुस ८ गतेसम्म पुस महिनामा साधारण सभा आह्वान गर्ने कम्पनीहरुको संख्या ७३ पुगेको छ भने ७ वटाले साधारण सभा समेत सम्पन्न गरिसकेका छन्।

पुस ८ गते मंगलबारसम्म २४ सूचीकृत कम्पनीले पुस २९ गते एकैदिनमा साधारण सभा बोलाएका छन्। ७ कम्पनीले पुस २८ गते, ३ कम्पनीले पुस २७ गते, ४ कम्पनीले पुस २६ गते, ५।५ कम्पनीले पुस २४ र २५ गते, ४ कम्पनीले पुस २३ गते साधारण सभा सम्पन्न गर्दैछन्।

साधारण सभा आह्वान गरेकामध्ये २६ कम्पनीको साधारण सभाका लागि बुकक्लोज भैसकेको छ भने ४७ कम्पनीको बुकक्लोज हुन बाँकी छ। ११ कम्पनीले लाभांश बिना साधारण सभा सम्पन्न गर्दैछन्।

गत आर्थिक वर्ष समाप्ती भएको ६ महिनाभित्र साधारण सभा गरिसक्नुपर्ने व्यवस्था अनुसार पुस महिनाभित्र ६ दर्जन बढी संस्थाले पुस ८ गतेसम्म साधारण सभा आह्वान गरिसकेका छन्। थप केही अझै पुसभित्रै साधारण सभा बोलाउने तयारीमा रहेका छन्।

समय छोटो हुँदै जाँदा लाभांश प्रस्ताव गरिसकेका सूचीकृत कम्पनीहरुको तथा केही कम्पनीले लाभांश घोषणा र साधारण सभा मिति तथा बुकक्लोज एकैसाथ निर्धारण गरेर सभा आह्वान गर्ने चटारो यतिबेला छ ।

नियामकीय प्रवधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र गत आर्थिक वर्षको साधारण सभा सम्पन्न नगर्ने कम्पनी नेप्सेले वर्गिकरण गर्ने कम्पनीहरुको सूचीमा खराब वर्गमा पर्दछन्। त्यसैले पुसभित्र साधारण सभा सक्न अझ पुसको अन्तिम दिन दुई दर्जन कम्पनीले साधारण सभा आह्वान गरेको अवस्था छ।

आर्थिक वर्ष समाप्त भएपश्चात वित्तीय विवरण लेखापरिक्षण सकाएर भदौदेखि नै सूचीकृत कम्पनीहरुले साधारण सभा सम्पन्न गरेर लाभांश बाँडन सक्छन् तर तर अधिकांश कम्पनीहरुको अझै पनि अन्तिम दिनमा मात्रै साधारण सभा बोलाउने गरेको देखिन्छ। ऋरु बेला हाइसञ्चो मानेर बस्ने कम्पनी पुस सकिनै लाग्दा भने हतार हतारसबै काम सकाउने प्रवृत्ति हाबी नै छ ।

संस्थागत कुशासनमा फसेका र शेयरधनीहरुमा कम उत्तरदायी कम्पनीहरुमा भने लाभांश घोषणा र साधारण सभा कहिले बोलाउने हो अझै यकिन छैन। यी नै कम्पनीहरु कानुनी प्रावधानलाई समेत लत्याउन पछाडि पर्दैनन्।

कतिपय कम्पनीहरुले भने छिटो साधारण सभा गरी नगद लाभांश र केहीले बोनस शेयर समेत सूचीकरण गरि लगानीकर्ताको डिम्याट खातामा पठाइसकेका छन्। लगानीकर्ताले पनि यस्ता कम्पनी र खराब कम्पनीबीचको फरक छुटयाउन आवश्यक हुन्छ।

एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्न नसक्दा अधिकांश बीमा कम्पनीको लाभांश घोषणा र साधारण सभा मिति घोषणा हुन बाँकी छ । जीवन बीमा कम्पनीहरुमा एक्चुअरी भ्यालुयसनका लागि समय लाग्ने हुादा निर्जीबन बीमाभन्दा थप समय लाग्ने गरेको छ। नेपालमा एक्चुअरी भ्यालुयसनका लागि दक्ष जनशक्ति नहुँदा विदेशी जनशक्तिबाट कायृसम्पादन गर्नुपर्ने अवस्था छ।

हेरौं, कुन कुन कम्पनीको पुसमा डाके साधारण सभा:-