साधारण सभा सम्पन्न भएको भोलिपल्ट देखि नै बङ्गलादेश बैंकले पठाउन थाल्यो लाभांश

0
Shares

नेपाल बङ्गलादेश बैंकले साधारण सभा सम्पन्न भएको भोलिप्लटै देखि नै आफ्ना शेयरधनीलाई नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्न थालेको छ। पुस ७ गते सभा सम्पन्न गरेको बैंकले ८ गतेदेखि नै लाभांश वितरण गर्न थालेको हो।

बैंकको पुस ७ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्ताव भएको ५ प्रतिशत बोनस र कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुलाई लाभांश वितरण थालेको बैंकले हालम्म पनि डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरुलाई अद्यावधिक गराउन भनेको छ। बैंकले सभाबाट पारित बोनस शेयर भने नेप्सेमा सूचीकृत भएपश्चात मात्र वितरण गर्नेछ। बैंकको शेयर रजिष्ट्रार आफ्नै सहायक कम्पनी नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड रहेको छ।