महिला सहयात्रा लघुवित्तको लाभांश संशोधन, बोनश यथावत नगद घट्यो

0
Shares

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको गत आर्थिक वर्ष २०७५/०७६ को लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि घोषणा गरेको बोनश यथावत रहेको छ भने नगद लाभांश घटाएको छ ।

लघुवित्तको पुस ८ गते मंगलबार बसेको संचाल समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश र कर प्रयोजनार्थ ७.५० प्रतिशत नगदगरी कुल १७.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस अघि लघुवित्त सञ्चालक समितिले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड १० लाख रहेको छ। १० प्रतिशत बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा लघुवित्तले ८ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो।