बैदेशिक रोजगार म्यादी बीमालेख अनलाईन मार्फत जारी गर्न समितिको निर्देशन

0
Shares

बीमा समितिले बैदेशिक रोजगार म्यादी बीमालेख जारी तथा नविकरण गर्दा अनलाईन प्रणाली मार्फत गर्न सम्बन्धीत कम्पनीहरुलाई निर्देशन दिएको छ ।
समितिले बैंदेशिक रोजगारमा जाने युवाहरुलाई बीमालेख खरिद गर्न तथा शुल्क भुक्तानी गर्न सहज र व्यवस्थित गराउन म्यादी बीमालेख जारी गर्ने कम्पनीलाई निर्देशन दिएको हो । 

हाल कुनै पनि बीमालेख अनलाइन मार्फत बिक्री वा खरिद गर्न सक्ने व्यवस्था भने छैन् । बीमा कम्पनीहरु पनि आफुहरुलाई अनलाइन प्रणालीका लागि पुर्वाधार तयार पनि गरीसकेको अवस्था छैन । तत्काल नै अनलाइन मार्फत भन्दा पनि बीमा शुल्क विद्युतीय सेवा मार्फत र नविकरण गर्नका लागि सहज व्यवस्था गर्न कम्पनीहरुलाई निर्देशन दिएको बीमा समितिका प्रबक्ता निर्मल अधिकारीले बताए ।

म्यादी जीवन बीमाको सन्दर्भमा ४ जीवन बीमा कम्पनीले पुल मार्फत काम गर्दै आएका छन, अधिकारीले भने,“ती ४ कम्पनीलाई बैदेशीक रोजगार विभागसंग सहकार्य गरी म्यादी जीवन बीमालेख बिक्री गर्ने प्रक्रिया सरल सहज र छरितो बनाउन निर्देशन दिएको हो ।” तर, पुर्वाधार तयार गरेर अनलाइन मार्फत बीमालेख जारी गर्ने अनुमती मागेको खण्डमा कम्पनी समितिमा आएको खण्डमा नरोक्ने पनि उनले बताए ।

बैदेशिक रोजगार म्यादी बीमा सहज बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बीमा समितिलाई पत्राचार गरेपछि समितिले आफु मातहतका कम्पनीलाई मंगलबार निर्देशन दिएको हो । हाल नेशनल लाइफ इन्स्योरेन्स, सुर्या लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले पुल मार्फत म्यादी जीवन बीमालेख जारी गर्दे आएका छन् । यी कम्पनीहरुले मात्र बीमा लेख जारी गर्ने भएपनि यो सेवा प्रदान गरेवापत हुने नाफा वा घाटामा सबै जीवन बीमा कम्पनीहरुको हिस्सा रहनेछ ।

मन्त्रालयले समितिलाइ वैदेशिक रोजगार म्यादी बीमाको प्रिमियम अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गर्न तथा बीमाको अवधि घटाउनु् समेत पत्राचार गरेको थियो । हाल बैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य गरिएको म्यादी बीमा ३ वर्षका लागि हुन्छ । २ वर्षका लागि विदेश जानेहरुले पनि ३ वर्ष नै गर्नु पर्ने भएकाले अवधी घटाउन मन्न्त्रालयले भनेको छ ।