सनराइज बैंकको १२९ औं शाखा ताप्लेजुङको फुङलिङमा

0
Shares

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा यहि पौष ९ गतेदेखि ताप्लेजुङ स्थित फुङलिङमा १२९ औं शाखा संचालनमा ल्याएको छ ।

बुधबार फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।

हालसम्म सनराइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको छ ।