सात कम्पनीको बुधबार बुकक्लोज, लाभांश पाउन मंगलबारसम्म शेयरधनी बन्न आवश्यक

0
Shares

पुस १६ गते बुधबार एकैदिन ७ कम्पनीहरुले साधारण सभा तथा गत आर्थिक वर्षको मुनाफाबाट घोषित लाभांश वितरणका लागि शेयरधनी दर्ता किताब बन्द गर्दैछन्।

तीन विकास बैंकहरु ज्योति विकास बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक तथा दुई फाइनान्स कम्पनीहरु गुडविल फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स र दुई लघुवित्त कम्पनीहरु समीट लघुवित्त, र नेपाल सेवा लघुवित्तले पुस १६ गते बुधबार एकैदिन शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेका हुन्।

यी सबै कम्पनीहरुको साधारण सभामा प्रतिनिधित्व जनाउन र गत आवको मुनाफाबाट वितरण गर्न घोषणा भएको लाभांश पाउन पुस १५ गते मंगलबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्छ। यी सातवटै कम्पनीले यहि पुस २९ गते साधारण सभा सम्पन्न गर्दैछन् ।

लाभांश प्रयोजनका लागि बुकक्लोज गरिएको अघिल्लो दिनसम्म कायम रहेका शेयरधनी मात्र लाभांश वितरणका लागि योग्य हुन्छन्।

ज्योती विकास बैंकले साधारण सभाबाट सञ्चालक समितिले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अनुमोदन गर्नेछ। बैंकको शेयर पुस १५ गते सोमबार नेप्सेमा प्रतिकित्ता १६६ रुपैयाँमा कारोबार भएको छ।

सिन्धु विकास बैंकले शेयरधनीलाई ११.५१ प्रतिशत बोनस शेयर र बोनसको करका लागि ०.५७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जुन साधारण सभाबाट अनुमोदन हुनेछ। बैंकको शेयर पुस १५ गते सोमबार नेप्सेमा प्रतिकित्ता १३१ रुपैयाँमा कारोबार भएको छ।

ग्रीन डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन। बैंकको शेयर पुस १५ गते सोमबार नेप्सेमा प्रतिकित्ता १०३ रुपैयाँमा कारोबार भएको छ।

यसैगरि समीट माइक्रोफाइनान्सको साधारण सभामा २१.१० प्रतिशत बोनस शेयर र बोनसको करका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । लघुवित्तको शेयर पुस १५ गते सोमबार नेप्सेमा प्रतिकित्ता ६४६ रुपैयाँमा कारोबार भएको छ।

नेपाल सेवा लघुवित्तले २.५० प्रतिशत बोनस शेयर र ०.१२५ प्रतिशत नगद लाभांश अनुमोदन गर्दैछ। लघुवित्तको शेयर पुस १५ गते सोमबार नेप्सेमा प्रतिकित्ता ५०६ रुपैयाँमा कारोबार भएको छ।

यस्तै गुडविल फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ । फाइनान्सको शेयर पुस १५ गते सोमबार १३५ नेप्सेमा प्रतिकित्ता रुपैयाँमा कारोबार भएको छ।

सिटी एक्सप्रेस फाइनान्सले पनि गत आवको मुनाफाबाट कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन। फाइनान्सको शेयर पुस १५ गते सोमबार नेप्सेमा प्रतिकित्ता १०३ रुपैयाँमा कारोबार भएको छ।