एनसेलले चार अर्ब ५० करोड कर बुझायो, ६ महिना भित्र थप १८ अर्ब तिर्ने

0
Shares

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले मंगलबार चार अर्ब ५० करोड ठूला करदाता कार्यालयमा बुझाएको छ ।

एनसेलले पूँजीगत लाभकरको बक्यौता बापतको रकम बुझाएको हो ।

एनसेलले शेयर स्वामित्व खरिद बिक्री वापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ तिर्न बाँकी थियोे । जसमध्ये मंगलबार चार अर्ब ५० करोड बुझाएको ठूला करदाता कार्यालयका एक अधिकारीले भने ।

एनसेलले आगामी ६ महिनाभित्र बाँकी रकम तिर्नुपर्नेछ । उसले किस्ताबन्दी सुविधा माग गर्दै ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको हो ।

ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको लाभकर निर्धारण गरी १५ दिनभित्र कर बुझाउन पत्राचार गरेको थियो भने एनसेलले थप १५ दिन समय माग गरेको थियो ।