बैंक तथा वित्तीय संस्थालाई पनि भ्रमण वर्ष प्रबर्द्धनमा सहयोग गर्न निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को प्रबर्द्धनमा सहयोग गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले मंगलबार एक निर्देशन जारी गर्दे इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई आफ्नो वेवसाइट लगायत अन्य सामाजिक संञ्जालमा भ्रमण वर्ष २०२० को लागो र सचिवालयको वेवसाइटको लिंक राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले पर्यटकको आवागमन बढी हुने प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसंग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यटकलाई सहज हुने किसिमको शौचालय, डस्टवीन, पिउने पानी तथा विश्रामस्थल जस्ता पुर्वाधार बनाउने कार्यमा सहभागिता जनाउन निर्देशन दिएको छ ।