कामना सेवाको साधारण सभा आज, ६.८ प्रतिशत नगद लाभांश पारित गर्दै

0
Shares

कामना सेवा विकास बैंक लिमिटेडले आज (पुस १७ गते) १३ औं वार्षिक साधारण सभा सम्पन्न गर्दैछ। बैंकले अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्वीजीशनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म शेयर दाखिल खारेज बन्द गरेको छ। यसअनुसार मंसिर २९ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।