कालिका लघुवित्त र जनसेवीले बुधबबार देखि संयुक्त कारोबार गर्ने


मर्जरमा गएका कालिका र जनसेवी लघुवित्तले आगामी बुधबारदेखि संयुक्त कारोबार गर्ने भएका छन् । दुई संस्था मर्जर भएपछिको नाम कालिका लघुवित्त वित्तीय संस्थाको नामवाट कारोबार हुने भएको हो ।

नेपाल राष्ट्र बैंकवाट पुस २ गते अन्तिम स्विकृती पाएको र पुस ११ गते कम्पनी रजिष्ट्रारको कार्यलयवाट अनुमती पाएपछि आगामी सातादेखि संयुक्त कारोबार गर्ने भएको हो ।

मर्जरमा जाने भएपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कालिकाको शेयर कारोबार रोक्का भएको छ ।

जनसेवीले सर्वसाधारणमा बिक्री गरेको धेरै नभएकाले दोस्रो बजारमा कारोबार सुरु भैसकेको छैन । कालिकाको जेठ ६ गतेदेखि कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।