सरकार र आन्दोलनरत उखु किसानबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

0
Shares

उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएसँगै उखु किसानले आन्दोलन स्थगित गरेका छन् ।

माघ ७ गतेभित्र उखु किसानको सम्पूर्ण बक्यौता रकम भुक्तान गर्न सरकारले पहल गर्ने भएपछि उखु किसान आन्दोलन फिर्ता लिन समहमत भएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा शुक्रबार भएको वार्तामा पाँच बुँदे सहमति भएको हो।

साथै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने सहमति भएको छ ।

त्यस्तै, किसान र सकारबीच उखुको उत्पादकत्व बढाउने, किसानलाई समयमै मल, बीउ लगायत मेसिन उपलव्ध गराउने, नेपाली चिनी उद्योगलाई आत्मनिर्भर बनाउन पहल गर्ने लगायतका सहमति भएको छ ।