समता लघुवित्तको बोनस पश्चात शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २० गते समता लघुवित्त वित्तीय संस्थाको बोनसमा शेयरमूल्य समायोजन भएको छ। साधारण सभा र लाभांश वितरणका लागि लघुवित्तको बुकक्लोज गरेसँगै नेप्सेले बोनस समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले ५ प्रतिशत बोनस पश्चात लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५१० रुपैयाँ ४८ पैसा कायम गरेको छ। लघुवित्तको आइतबार समायोजित मूल्यलाई आधार मानेर कारोबार खुलेको छ।

साधारण सभाका एजेण्डाहरु पारित गर्न लघुवित्तले पुस २९ गते होटल इच्छा प्रालि, सिमरा बारामा दिउँसो १ बजे छैठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।

सभाले मर्जर तथा प्राप्तीका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, एक जना महिला सञ्चालक निर्वाचन, र लघुवित्तलाई राष्ट्रिय स्तरमा स्तोन्नती हुन राष्ट्र बैंकमा प्रक्रिया अघि बढाउने प्रस्तावहरु उपर छलफल गरि अनुमोदन गर्नेछ।