मुक्तिनाथ विकास बैंक सहित चार कम्पनीको साढे ३८ लाख कित्ता शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २० गते आइतबार मुक्तिनाथ विकास बैंक सहित चार कम्पनीको ३८ लाख ४६ हजार ६८९ दशमलव ७१ कित्ता शेयर सूचीकृत भएको छ। मुक्तिनाथको हकप्रद र तीन कम्पनीको बोनस गरि सो परिमाणमा शेयर सूचीकृत भएको हो।

 यसरी शेयर सूचीकृत गराउने कम्पनीहरुमा मुक्तिनाथ विकास बैंक, छिमेक लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स र नाडेप लघुवित्त वित्तीय संस्था रहेका छन्।

नेप्सेमा मुक्तिनाथ विकास बैंकले ४ लाख ३ हजार २२० दशमलव २५ कित्ता हकप्रद शेयर सूचीकरण गराएको छ । यसैगरि छिमेक लघुवित्त वित्तीय संस्थाको १८ लाख कित्ता बोनस शेयर सूचीकरण गराएको छ।  फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ११ लाख ६३ हजार ४६९ दशमलव ४६ कित्ता बोनस शेयर पनि आइतबारै सूचीकृत भएको छ। यस्तै नाडेप लघुवित्तको ४ लाख ८० हजार कित्ता बोनस शेयर पनि आजै नेप्सेमा सूचीकृत भएको छ।

आइतबार शेयर सूचीकरण गर्ने सबै कम्पनीको शेयर लगानीकर्ताहरुले हितग्राही खातामा प्राप्त भएसँगै धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन्।