बुकक्लोजबारे लुम्बिनी विकास बैंकको थप प्रष्टिकरण, मंगलबारसम्म शेयर किन्नेले लाभांश पाउने

0
Shares

लुम्बिनी विकास बैंकले साधारण सभा र लाभांशका लागि पुस २३ देखि २९ गतेसम्म शेयरधनी दर्ता किताब बन्द हुने प्रष्टिकरण पठाएको छ। बैंकले आइतबार नेप्सेमा पठाएको सूचनामा यसअघि पुस ८ मा जारी भएको सूचनामा अन्यथा भएको भन्दै बाह्रौं वार्षिक साधारण सभाका लागि पुस २३ गते बुधबारदेखि बुकक्लोज गरिने जनाएको छ ।

सूचना अनुसार पुस २२ गते मंगलबारसम्म नेप्सेमा शेयर खरीद गरि शेयरधनी कायम भएका लगानीकर्ताले साधारण सभामा भाग लिन, मतदान गर्न र लाभांश प्राप्त गर्नसक्ने उल्लेख छ।

पुस ८ गते बैंकले जारी गरेको बुकक्लोजको सूचनामा बैंकको शेयर दाखिल खारेजको काम पुस २३ देखि २९ गतेसम्म बन्द गरिने र पुस १७ सम्म नेप्सेमा नियमअनुसार कारोबार भई सीडीएससीबाट राफसाफ भई पुस २२ गतेसम्ममा शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटलको शेयरधनी दर्ता किताबमा कायम हुन आएका शेयरधनीले मात्र सभामा भाग लिन, मतदान गर्न र लाभांश प्राप्त गर्नसक्ने उल्लेख थियो।

लुम्बिनीले गत आवबाट ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश अनुमोदनका लागि पुस २९ गते अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ। साथै सभाले मर्जर तथा प्राप्ती सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।