साढे १५ करोड राजश्व छली गर्ने २ फर्मका ६ जना विरुद्ध मुद्दा दायर

0
Shares

राजश्व अनुसन्धान विभागले नक्कली बिल जारी गरी १५ करोड ५१ लाख राजस्व छलेको आरोपमा २ र्फमका ६ संचालक विरुद्ध मुद्दा दायर गरेको छ।

विभागले अग्रिम इन्टरप्राइजेज एवं अग्रिम निर्माण सेवाका सञ्चालक नवीन चौलागाँई सहित ४ जना विरुद्ध १२ करोड ८७ लाख रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको हो ।

त्यस्तै सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साह समेत गरी २ जना विरुद्ध २ करोड ६४ लाख रुपैयाँ बिगो दाबी गरी विभागले मुद्दा दायर गरेको हो।

झुटो आय विवरण तयार गरी आयकर छली गरेको आरोप उनीहरुमाथि लगाइएको छ। उनीहरु विरद्ध बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद माग दाबी सहित मुद्दा दायर गरिएको हो ।