नेको इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने

0
Shares

नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश बीमा समितिले स्वीकृतिपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ।

इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ छ।

कम्पनीले अघिल्लो वर्ष १२ प्रतिशत बोनस र करका लागि ०.६३ प्रतिशत नगद वितरण गरेको थियो ।